‘लास्ट बेन्चर’ मुख्यमन्त्रीको अभिव्यक्तिप्रति कर्मचारी सङ्गठनको विरोध, सोध्यो- कस्तो प्रेरणा दिन खोजेको ?

फस्ट बेञ्चरहरु खरदार भएको तर आफू लास्ट बेञ्चर भए पनि मुख्यमन्त्री बनेको बताएका थिए । मुख्यमन्त्रीको यो अभिव्यक्ति अपरिपक्व र हचुवा भएकोले सबै तहका राष्ट्रसेवक कर्मचारीको शिर निहुरिएको विज्ञप्तिमा उल्लेख छ ।

नेपालभ्युज

‘लास्ट बेन्चर’ मुख्यमन्त्रीको अभिव्यक्तिप्रति कर्मचारी सङ्गठनको विरोध, सोध्यो- कस्तो प्रेरणा दिन खोजेको ?

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दिएको अभिव्यक्तिप्रति नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी सङ्गठनले विरोध गरेको छ ।

मुख्यमन्त्री कार्कीले फस्ट बेन्चमा बस्ने साथी निजामती कर्मचारीको खरिदार हुँदा लास्ट बेन्चमा बस्ने आफू मुख्यमन्त्री भएको बताएका थिए ।

मोरङको सुन्दरहरैंचामा रहेको एक विद्यालयमा आयोजित कार्यक्रममा फस्ट बेञ्चरहरु खरदार भएको तर आफू लास्ट बेञ्चर भए पनि मुख्यमन्त्री बनेको बताएका थिए ।

मुख्यमन्त्रीको यो अभिव्यक्ति अपरिपक्व र हचुवा भएकोले सबै तहका राष्ट्रसेवक कर्मचारीको शिर निहुरिएको विज्ञप्तिमा उल्लेख छ ।

कर्मचारी सङ्गठनका अध्यक्ष ओमराज सुवेदी र सचिव शालिग्राम कोइरालाद्वारा जारी विज्ञप्तिमा मुख्यमन्त्रीले दिएको यस्तो अभिव्यक्तिले सिङ्गो राष्ट्रसेवक कर्मचारी क्षेत्रलाई दुःखी बनाएको बताइएको छ ।

‘प्रतिस्पर्धामा श्रेष्ठता खोज्ने हामी तमाम राष्ट्रसेवकहरू हजारौँको प्रतिस्पर्धामा आफूलाई अब्बल र श्रेष्ठ साबित गर्न सफल भएर राष्ट्र सेवाका विभिन्न तहमा बसी नागरिकको सेवा प्रदान गरी आएका छौँ । योग्यता प्रणालीमा विश्वास गर्नेहरू प्रतिको मुख्यमन्त्रीज्यूको अपरिपक्व हचुवा अभिव्यक्तिले सबै तहका राष्ट्रसेवकहरूको शिर निहुरिएको छ’ विज्ञप्तिमा भनिएको छ ।
सार्वजनिक प्रशासनको मूल आधार स्तम्भ रहेको खरदार र सुब्बा तहका कर्मचारीको उदाहरण दिँदै बोलेको कुराप्रति आफ्नो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

कलिला स्कुले बालबालिकालाई अगाडि राखेर मुख्यमन्त्री दिएका अभिव्यक्तिले बालबालिकामा कस्तो प्रेरणा मिल्छ होला भन्दै प्रश्न गरिएको छ ।

‘कलिला स्कुले बालबालिकालाई अगाडि राखेर मुख्यमन्त्री ज्यूले दिनु भएको यस्तो अभिव्यक्तिले बालबालिकामा कस्तो प्रेरणा मिल्छ होला, अघिल्लो बेन्चमा बसेर मेहनत गर्नेहरू खरदार मात्रै हुन्छन् पछिल्ला बेन्चमा बसेर लखुवागिरी गर्नेहरू मन्त्री, मुख्यमन्त्री बन्छन् भन्ने अभिव्यक्तिले बालबालिकामा कस्तो सन्देश प्रवाह हुन्छ ?,’ विज्ञप्तिमा भनिएको छ, ‘राजनीति गर्ने सबै व्यक्ति व्याक बेन्च भएर लखुवा भई हिँड्नेहरू मात्रै हुन् ? एउटा खरदार र सुब्बा वा जुनसुकै तहको राष्ट्रसेवक मेहनत साथ लागेमा तपाईँहरू जस्तो मन्त्री मुख्यमन्त्री बन्न सक्छन्, तर तपाईँहरू यो जुनीमा खरदार, सुब्बा वा अन्य कुनै प्रकारको राष्ट्रसेवक बन्न सक्नुहुन्न ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved