भ्यालेन्टाइन डेको ‘वार्मअप’ सात दिनअघि नै सुरु, कुन दिन के गर्ने?

नेपालभ्युज

भ्यालेन्टाइन डेको ‘वार्मअप’ सात दिनअघि नै सुरु, कुन दिन के गर्ने?

काठमाडौं। प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ । आधुनिकतासँगै युवायुवतीहरूको यो दिवसप्रतिको मोह बढेको छ। खसगरी प्रेम जोडीहरूको लागि यो उत्सव हो । जहाँ उनीहरू प्रेमिल सम्बन्धको गाँठो कस्न सक्छन् ।

अंग्रेजी क्यालेन्डरको १४ फेब्रुअरी आउन अझै ७ दिन बाँकी छ । यद्यपि प्रेम सप्ताह सुरु भइसकेको छ । आज ७ फेबुअरीदेखि १४ दिनसम्मको अवधिलाई प्रेम सप्ताहको रूपमा मनाइन्छ ।

अर्थात् यसरी बुझौँ, १४ फेब्रुअरीको उत्कर्षमा पुग्नका लागि गरिने ‘वार्मअप’ सात दिनअघि नै सुरु हुन्छ । अतः सुरुको दिनदेखि हरेक दिन कुनै न कुनै दिवस मनाइन्छ ।

आज बुधबारबाटै प्रेम सप्ताह सप्ताह सुरु भइसकेको छ । यससँगै विभिन्न पार्कहरू, रेस्टुरेन्ट, क्लबहरूमा मायालु जोडीहरूको भीड बढ्न थालेको छ ।

फेब्रुअरी ७

यो दिनलाई रोज डे भनिन्छ। अर्थात् उपहारस्वरूप गुलाबको फूल दिन दिने । आफ्नो प्रेम भावना व्यक्त गर्ने माध्यम हो, गुलाब । खास औगरी रातो गाढा रङ्गको गुलाब उपहारमा दिइन्छ ।

फेब्रुअरी ८

प्रपोज डे अर्थात् प्रेम प्रस्ताव राख्ने दिन । आफूले मन पराएको व्यक्तिलाई प्रेमका लागि खुलेर प्रस्ताव राख्ने दिन हो यो ।

फेब्रुअरी ९

यसलाई चकलेट डेको रूपमा मनाइन्छ। यसदिन आफ्ना प्रेमी–प्रेमिकालाई चकलेट दिएर सम्बन्धमा मिठास ल्याइन्छ ।

फेब्रुअरी १०

टेडी डे भनिन्छ । डेटी टोयज दिएर प्रेमलाई थप गहिराइमा पुर्‍याउन सकिन्छ ।

फेब्रुअरी ११

यस दिनलाई प्रमिस डे भनिन्छ । अर्थात् वाचा गर्ने दिन । एकअर्काको प्रेम पक्का हो भनेर वाचा गर्ने मेसो हो यो ।

फेब्रुअरी १२

अब पालो आयो चुम्बनको । प्रेम व्यक्त गरेको पाँच दिनपछि एकआपसमा चुम्बन गर्न सकिन्छ । यसले सच्चा प्रेमको संकेत गर्छ ।

फेब्रुअरी १३

यस दिनलाई हग डे भनिन्छ । अंकमाल गर्ने दिन । आफ्ना प्रेमिका वा प्रेमीलाई अंकमाल गरेर प्रेमलाई थप कसिलो बनाउने दिन हो यो ।

फेब्रुअरी १४

यो प्रेम उत्कर्षमा पुग्ने दिन हो । यस दिनलाई भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस भनिन्छ ।

प्रेम गर्नेहरूका लागि सबैभन्दा ठुलो उत्सव हो यो दिन । यस दिन कुनै पनि गिफ्ट दिएर प्रेम सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved