नेता बुढाथोकीको निधनमा कांग्रेसले तीन दिन पार्टीको झन्डा आधा झुकाउने

नेपालभ्युज

नेता बुढाथोकीको निधनमा कांग्रेसले तीन दिन पार्टीको झन्डा आधा झुकाउने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनमा तीन दिन पार्टीको झन्डा आधा झुकाउने भएको छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले माघ २३, २४ र २५ गते झन्डा आधा झुकाउने निर्णय गरेको हो । साथै, तीन दिनसम्म पार्टीका सबै कार्यक्रम पनि स्थगित गर्ने निर्णय भएको छ ।

सोमबार राति विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा ८० वर्षको उमेरमा नेता बुढाथोकीको निधन भएको थियो ।

उनी लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित थिए । पछिल्लो समय मिर्गौलामा समस्या आएपछि बुढाथोकी थप अस्वस्थ्य बनेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved