बलिउडका शाकाहारी अभिनेत्री

नेपालभ्युज

बलिउडका शाकाहारी अभिनेत्री

एजेन्सी । बलिउडमा केही शाकाहारी अभिनेत्री छन् जसले समयसँगै मांसहार छाडेका हुन् । शाकाहारी भएपछि उनीहरुले आफूलाई अझै स्वस्थ भएको बताएका छन् । जानौं ती शाकाहारी अभिनेत्री बारे :

ज्याक्लिन फर्नानडिज

ज्याक्लिन फर्नानडिजले सन् २०१३ पछि मासु खान छोडेकी छन् । उनले विभिन्न अन्तरवार्ताका क्रममा आफू शाकाहारी भएको र यो भन्दा राम्रो अनुभूति केही नभएको समेत बताएकी छन् ।

अनुष्का शर्मा

अनुष्का शर्मालाई जनावरहरुसँग एकदमै लगाव छ । जसले गर्दा उनले आफूलाई शाकाहारी बनाएकी छन् । अनुष्काले पेटा नामक संस्थासँग मिलेर पशुहरुका लागि पनि काम गर्दछिन् ।

सोनम कपूर

सोनम कपूर सुरुमा शाकाहारी थिइनन् । तर फिल्म निरजाका क्रममा माछामासु छोडिन् । त्यसपछि उनी पनि शाकाहारी भएकी छन् र आफूले पहिलाभन्दा राम्रो महसुस गरेको बताउँछिन् ।

करिना कपूर

शाहिदले करिना कपूरलाई फिल्म जब वी मिटका क्रममा जिरो फिगरका लागि शाकाहारी बन्ने सल्लाह दिएका थिए । त्यतिबेला देखि लिएर अहिलेसम्म उनी शाकाहारी नै छन् ।

रेखा

रेखा पनि आफू शाकाहारी भएकोमा खुशी छन् । उनको भनाईअनुसार शाकाहारी भयो भने दिमाग पनि शान्त रहन्छ र अझै गहिरो भएर सोंच्न पनि सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved