प्रधानमन्त्री कप क्रिकेट

आर्मीले दियो सुदूरपश्चिमलाई २६३ रनको लक्ष्य, भोजराजले लिए ६ विकेट

नेपालभ्युज

आर्मीले दियो सुदूरपश्चिमलाई २६३ रनको लक्ष्य, भोजराजले लिए ६ विकेट

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई २६३ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा आर्मी ४८.३ ओभरमा २६२ रनमा अलआउट भएको हो।

आर्मीका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले। उनले ६७ बलमा १० चौका र ३ छक्का प्रहार गर्दै ७५ रन नबाए। सन्दीप राजलीले ३७ र बसिर अहमदले ३६ रन बनाए।

आर्मीलाई सस्तैमा प्याक गर्न सुदूरपश्चिमका लागि भोजराज भट्टले ६ विकेट लिए। उनले ९.३ ओभरमा ६३ रन खर्चेर ६ विकेट लिए। नरेन साउदले ३ तथा विकास आग्रीले १ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved