युवाहरूको ‘ग्याङ फाइट’मा धारिलो हतियार प्रहार, एक युवाको गयो ज्यान

म्याग्दीको सदरमुकाम बेनी बजारमा धारिलो हतियार प्रहार गरेर एक जना युवाको हत्या भएको छ ।

नेपालभ्युज

युवाहरूको ‘ग्याङ फाइट’मा धारिलो हतियार प्रहार, एक युवाको गयो ज्यान
प्रतिकात्मक तस्वीर

काठमाडौं । म्याग्दीको सदरमुकाम बेनी बजारमा धारिलो हतियार प्रहार गरेर एक जना युवाको हत्या भएको छ ।

बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगङ्गा गाँउपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको बिहीबार साँझ हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी मदन कुँवरका अनुसार बेनीको न्यूरोडमा युवाहरूको समुहले धारिलो हतियार प्रहार गरेर सख्त घाइते बनाएका गर्बुजालाई उपचारका क्रममा बेनी अस्पतालमा लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकको टाउको र छातीमा चोट लागेको छ । थप दुई जना घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेको उपचार, घटनामा संलग्नको पहिचान, खोजी र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved