काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा आए प्रदीप परियार

नेपालभ्युज

काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा आए प्रदीप परियार

काठमाडौं । काठमाडौँ महानगर पालिकाका मेयर बालेन बालेन शाहले प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई जसरी पनि महानगरबाट सरुवा गर्न लगाएपछि सरकारले फेरेको छ ।

सरकारले महानगरको नयाँ प्रशासकीय अधिकृतमा प्रदीप परियारलाई पठाएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको थियो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई मधेसी आयोगमा सरुवा गरिएको छ ।

पछिल्लो समय महानगरपालिका प्रमुख बालेन र अधिकारीबिच सम्बन्ध बिग्रेको थियो । शाहले अधिकारीलाई जसरी पनि महानगरबाट सरुवा गर्न चाहेका थिए । अधिकारीलाई सरुवा गर्नको लागि उनलाई बिदामा बस्न लगाइएको थियो ।

महानगर अन्तर्गतको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कर्मचारी नियुक्त गर्ने विषयमा कार्यपालिकाले गरेको निर्णय किर्ते गरेको आरोप उनीमाथि लागेको थियो ।

यस घटनामा बालेनले निजी सचिव नुर निधि न्यौपाने, वरिष्ठ अधिकृत भगवती विडारी तथा स्वास्थ्य सेवा प्रमुख रामप्रसाद पौडेललाई निलम्बन गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved