काकाको हत्या गरेर भागेका भतिजसहित २ जना १५ वर्षपछि पक्राउ

नेपालभ्युज

काकाको हत्या गरेर भागेका भतिजसहित २ जना १५ वर्षपछि पक्राउ

काठमाडौं । आफनै काकाको हत्या गरेर फरार रहेका भतिज र अर्का एकजना १५ वर्षपछि पक्राउ परेका छन् ।

उनीहरुले  काभ्रेको रोशि गाउँपालिका वडा नं ३ का जनक बहादुर मगरलाई बोक्सा आरोप लगाएर २०६५ साल असोज २९ गते हत्या गरेका थिए ।

हत्यामा संलग्न जनकका भतिज टंक बहादुर मगर र सन्त बहादुर मगर १५ वर्षपछि पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

जनकलाई बोक्सा आरोप लगाएर कुटीकुटी हत्या गरेर उनीहरु भागेको प्रहरीले जनाएको छ । दुवैलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराईएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved