बचतकर्ताको करोडौं रकम लिएर जनयोग सहकारीका दाजुबहिनी सम्पर्कविहीन

नेपालभ्युज

बचतकर्ताको करोडौं रकम लिएर जनयोग सहकारीका दाजुबहिनी सम्पर्कविहीन

काठमाडौं । बचतकर्ताको करोडौँ रकम कुम्ल्याएर जनयोग तथा ऋण सहकारी संस्थाका सञ्चालक सम्पर्कविहीन बनेका छन् ।

काठमाडौं महानगरपालिका वडा–३२ स्थित पेप्सीकोलाको जनयोग तथा ऋण सहकारी संस्थाका सञ्चालक केहीदिन यता फरार बनेका हुन् ।

बचतकर्ताहरूले काठमाडौँ महानगरपालिकामा मंगलबार मुद्दा दायर गरेका छन् ।

बचतकर्ताका अनुसार सहकारीका दाजुबहिनी करिब २० करोड रकम लिएर फरार भएका हुन् ।

सहकारी दाजुबहिनीले चलाउँदै आइरहेका थिए । दाजु अर्जुन कार्की सहकारीको अध्यक्ष थिए भने बहिनी आस्था कार्की पाण्डेय ऋण शाखाको प्रमुख थिइन् ।

उनीहरूले बानेश्वरमा पनि सहकारीको सेवा केन्द्र खोलेका थिए । सहकारीका कर्मचारीहरू पुस २६ गतेपछि बचत संकलन गर्न हिँड्न छाडेका थिए ।

बचत कर्ताहरूले तत्काल सम्पर्कमा आएर बचतकर्ताहरूको पैसा फिर्ता आग्रह पनि गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved