रवि मिश्रको एकल कार्टुन प्रदर्शनी ‘डिपिक्सन’ सुरू (तस्वीरहरू)

रवि मिश्रको एकल कार्टुन प्रदर्शनी ‘डिपिक्सन’ सुरू (तस्वीरहरू)

काठमाडौं । कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी ‘डिपिक्सन’ आजदेखि नयाँ बानेश्वरको उमोजा कफिमा सुरू भएको छ ।

प्रदर्शनीमा मिश्रका ३५ वटा कार्टुन समावेश गरिएको छ । १७ वर्षदेखि कार्टुन बनाइरहेका मिश्रले ३ हजार भन्दा धेरै कार्टुन बनाइसकेका छन् ।

प्रदर्शनीमा मिश्रले पछिल्लो ५ वर्ष भित्र बनाएका ३५ कार्टुन राखिएका छन् । पछिल्लो ५ वर्षका सामाजिक, राजनीतिक घटनाक्रममाथि व्यङ्ग्य गरी बनाइएका कार्टुनहरू प्रदर्शनीमा राखिएका छन् ।

हिमालय टाइम्सबाट आफ्नो कार्टुनिष्ट यात्रा सुरु गरेका मिश्र अहिले नयाँ पत्रिका दैनिकमा आबद्ध छन् । उनी कार्टुनिष्ट क्लब अफ नेपालका महासचिव समेत हुन ।

माघ ४ गतेदेखि सुरू भएको यो प्रदर्शनी माग १४ गतेसम्म रहनेछ ।

तस्वीरहरू:- 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved