टीआरसीबारे रास्वपा-राप्रपा एकमत : सहमतिबाटै टुङ्ग्याउनुपर्छ

नेपालभ्युज

टीआरसीबारे रास्वपा-राप्रपा एकमत : सहमतिबाटै टुङ्ग्याउनुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) सहमतिबाटै टुङ्ग्याउनुपर्ने बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा उनीहरूले यस्तो बताएका हुन् ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले टीआरसी सहमतिमै टुङ्ग्याउनुपर्ने बताए । “हामी धेरै नै नजिक भइसकेका छौँ । यो टुङ्ग्याउने ठाउँमा पुगिसकेका छौँ । बाँकी जो छन्, यसमा पनि छलफल गरेर एकठाउँमा लैजान सकिन्छ । जति अप्ठ्यारा महसुस गरिएका छन्, यसमा हाम्रो अलिकति व्यवहार, अनुभवबाट पनि हेर्नुपर्छ । यसमा सङ्क्रमणकालीन न्यायको परिधिभित्र बसेर छलफल गर्नुपर्छ । सङ्क्रमणकालीन न्याय जिम्मेवारीबोध र उदारतापना बिनासम्भव भएको छैन । सीमितता हुनुभएन,” उनले भने ।

यस्तै राप्रपा सांसद ध्रुवबहादुर प्रधानले पनि सहमतिबाटै टुङ्गिनुपर्नेमा जोड दिए । “सहमतिबाट टुङ्गो लगाऔँ । प्रक्रियाबाट अघि बढाउने काम सकभर नगरौँ । किनभने हामीभित्र यतिमा पनि एउटा सहमति बन्न सकेन । यसलाई पार्टीगतरूपमा मात्रै लिएर बुझ्नुहुँदैन । पार्टीका सिद्धान्तहरू फरक-फरक हुन्छन् । त्यसभन्दा माथि उठेर गर्नुपर्छ । अझै पनि दुई महिना थपौँ । टुङ्ग्याऔँ,” उनले भने ।

दलहरूले टीआरसी जुनसुकै हालतमा टुङ्ग्याउन खोजेका छन् । तर, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) भने त्यति सकारात्मक देखिँदैन । सत्तारूढ गठबन्धनसँग राष्ट्रिय सभामा सिट लिएर टीआरसीमा सघाउने बताएको एमालेले राष्ट्रिय सभामा सिट पाएन । यससँगै सत्तारूढ दलहरूले सघन छलफल थालेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved