बच्चाहरुलाई देखाउनुहोस् जाडो बिदामा यी फिल्म

नेपालभ्युज

बच्चाहरुलाई देखाउनुहोस् जाडो बिदामा यी फिल्म

एजेन्सी । धेरै बच्चाको जाडो बिदा सुरु भइसकेको छ भने कतिपयको छिट्टै हुँदैछ । यस्तोमा बच्चाले दिनभर घरमा समय बिताउँदा विभिन्न कुराको माग गर्ने तथा झगडा गर्ने गर्छन् ।

उनीहरुलाई बच्चाका एनिमेटेड फिल्म देखाएर पनि मनोरञ्जन गराउन सक्नुहुन्छ ।

‘राया एन्ड द लास्ट ड्रेगन’ बच्चासँग हेर्नका लागि एकदमै राम्रो फिल्म छ । एनिमेटेड भएकाले बच्चाहरुले भरपूर मनोरञ्जन पनि लिनेछन् ।

त्यस्तै अर्को एनिमेटेड फिल्म ‘द लायन किंग’ लाई पनि तपाईं एमएक्स प्लेयरमा हेर्न सक्नुहुन्छ ।

त्यस्तै नेटफ्लीक्समा अर्को ऐनिमेटेड फिल्म ‘ओवर द मून’ हेर्न सकिन्छ । जो बच्चाका लागि नै बनेको फिल्म हो ।

अर्को फिल्म ‘कोको’ पनि बच्चालाई एकदमै मन पर्न सक्छ । तपाईंको बच्चालाई पनि यो फिल्म अवस्य हेराउनुहोस ।

विशेषगरी बालिकाका लागि बनेको फिल्म ‘फ्रोजन २’ डिज्नी प्लस हटस्टारमा देख्न पाइनेछ ।

एनिमेटेड फिल्म ‘मोआना’ पनि एक युवती तथा समुद्रका राक्षसका बारेमा बनाइएको छ ।

विशेषगरी साना बच्चालाई फिल्म ‘टोय स्टोरी’ एकदमै मन पर्नेछ । यसबाट बच्चाले धेरै कुरा सिक्ने मौका पनि पाउनेछन् ।

एनिमेटेड क्लासिक फिल्म ‘ब्यूटी एन्ड द बीस्ट’ पनि बच्चाका लागि राम्रो फिल्म छ ।

‘अ लिटल प्रिन्सेस’ फिल्म तपाईं पनि बच्चासँगै बसेर हेर्न सक्नुहुन्छ । त्यस्तै अर्को ‘इनसाइड आउट’ सन् २०१५ मा बनेको अमेरिकन ऐनिमेटेड फिल्म हो । यो पनि बच्चाका लागि मन पर्न सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved