भैरहवा पुगेका पूर्वराजासँग भेटे राप्रपाका पाँच नेताले, के भयो कुराकानी ?

उनले भनेका छन्, ‘राजा ज्ञानेन्द्र शाह र राप्रपाका नेताहरुबीच आज भैरहवामा सामूहिक भेटवार्ता भएको छ । लुकाउनुपर्ने कुरै छैन, भेटमा समसामयिक राजनीतिक परिस्थिति, भूराजनीति, राजसंस्था र हिन्दू अधिराज्यको पुनर्स्थापनालगायतका विविध विषयमा गहन विमर्श भएको छ।’

नेपालभ्युज

भैरहवा पुगेका पूर्वराजासँग भेटे राप्रपाका पाँच नेताले, के भयो कुराकानी ?

काठमाडौं । पश्चिम क्षेत्रको भ्रमणको लागि भैरहवा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहसँग राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख नेताहरू भेटेका छन् ।

विभिन्न धार्मिक क्षेत्रको भ्रमण गर्ने र राजनैतिक व्यक्तित्व तथा सर्वसाधारणसँग भेटघाट गर्ने उद्देश्यसहित पश्चिम क्षेत्रको भ्रमणमा निस्किएको शाहलाई भेट्न राप्रपाका नेताहरू होटेलमै पुगेका हुन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री डा. धवलशम्शेर राणा र कार्यसम्पादन समिति सदस्य दीपक सिंह पूर्वराजा बसेको होटेलमै भेट्न गएका हुन् । भेटवार्तापछि उनीहरूले फोटो खिचाएका छन् ।

सार्वजनिक फोटोमा पूर्वराजा शाह अगाडि सोफामा बसेका छन् । अरू पछाडि लहरै उभिएका छन् ।

पूर्वराजा आफ्ना परिवारका सदस्यहरूसहित नागरिक अभिनन्दन तथा भेटघाटहरूका लागि केही दिनदेखि भैरहवामा हुनेछन् । कतिपयले पूर्वराजाले राप्रपाका नेताहरूलाई उतै बोलाउनु अर्थपूर्ण मानिएको भनेका छन् ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले हिन्दु अधिराज्यको पुनस्थापनालगायतका विविध विषयमा गहन विमर्श भएको बताए । उराप्रपा प्रवक्ता मोहन श्रेष्ठले हिन्दु अधिराज्यको पुनस्थापनालगायतका विविध विषयमा गहन विमर्श भएको बताए ।

उनले भनेका छन्, ‘राजा ज्ञानेन्द्र शाह र राप्रपाका नेताहरुबीच आज भैरहवामा सामूहिक भेटवार्ता भएको छ । लुकाउनुपर्ने कुरै छैन, भेटमा समसामयिक राजनीतिक परिस्थिति, भूराजनीति, राजसंस्था र हिन्दू अधिराज्यको पुनर्स्थापनालगायतका विविध विषयमा गहन विमर्श भएको छ।’

पूर्वराजा भ्रमणमा निस्किएको बेलामा राप्रपाका नेताहरू भेट्न गइरहने विषय भने नौलो होइन ।

यसअघि गत वर्ष फागुनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका चार जना नेताहरूले झापामा पुगेर पूर्वराजा शाहसँग सामूहिक भेट गरेका थिए । फागुन एक गते झापाका व्यवसायी दुर्गा प्रसाईँले सुरु गरेको एउटा अभियानको उद्घाटनमा सहभागी भएका पूर्वराजा शाहलाई भेट्न पुगेका राप्रपा नेताहरू पुगेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved