नेविसंघको सडक बहस-‘अब त टियु सुधार गरौं’ (तस्वीरहरू)

नेविसंघको सडक बहस-‘अब त टियु सुधार गरौं’ (तस्वीरहरू)

काठमाडौं। त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट नियुक्तिको माग गर्दै नेपाल विद्यार्थी संघले आज सडक बहस गरेको छ ।

नेपाली कांग्रेसनिकट भ्रातृ संगठनले प्रदर्शनी मार्गस्थित रत्न राज्य लक्ष्मी क्याम्पस अगाडिको सडकमा उपकुलपति तथा पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट नियुक्तिको माग गर्दै सडक बहस गरेको हो ।

त्रिभुवन विश्वविद्यालय अन्तरगतका क्याम्पसहरूमा रहेको नेवि सङ्घको इकाईका प्रतिनिधीहरुले उक्त बहस कार्यक्रममा आफ्नो विचार व्यक्त गरेका थिए । बहस कार्यक्रममा उनीहरूले खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न माग गरेका छन् । कार्यक्रममा सहभागीहरूले ‘प्रतिस्पर्धाबाट उपकुलपति, बढ्छ विश्वविद्यालयको गति’,, ‘अति भए खती हुन्छ, खती हुन नदिऔँ’, ‘अब त टियु सुधार गरौँ’’ जस्ता नारा बोकेका प्लेकार्डहरू प्रदर्शन गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved