जाडोमा सनस्क्रीन लगाउनु पर्छ कि पर्दैन ?

नेपालभ्युज

जाडोमा सनस्क्रीन लगाउनु पर्छ कि पर्दैन ?

एजेन्सी । धेरै मानिसले जाडोमा सनस्क्रीन लगाउन आवश्यक छैन भन्ने ठान्छन् । किनकी यो मौसममा घाम ताप्नु आवश्यक हुन्छ । शरीरलाई घामको आवश्यकता पर्ने बेला सनस्क्रीन किन लगाउने भन्ने पनि प्रश्न आउन सक्छ । तर सूर्यको किरणबाट आउने यूभी रेजले जाडोमा पनि हाम्रो छालालाई नोक्सान पुर्‍याउन सक्छ ।

त्यसैले छालालाई त्यस्ता रेजबाट जोगाउन एसपीएफ भएको सनस्क्रीन लगाउनु पर्दछ । जाडोमा पनि सूर्यबाट हानिकारक किरण आउँछन् जसले छालालाई नोक्सान पुर्‍याउँछन् । त्यसैले जाडोमा पनि एसपीएफ भएको सनस्क्रीनको प्रयोग गर्नुपर्दछ ।

यसले छालालाई घामको खराब किरणबाट जोगाउँछ र समस्या हुन दिँदैन । त्यस्तै छाला स्वस्थ राख्नका लागि पनि सनस्क्रीनको प्रयोग आवश्यक हुन्छ । सनस्क्रीनमा भिटामिन सी, ई, तथा अन्य आवश्यक तत्व पाइन्छन् जसले छालालाई स्वस्थ राख्न सहयोग गर्छ ।

जाडोमा हाम्रो छाला एकदमै सुख्खा हुने गर्छ । त्यसैले यसलाई  सुख्खापनबाट जोगाउन पनि सनस्क्रीनको आवश्यकता पर्दछ । जाडोमा मोइस्चराइजिंग सनस्क्रीन छालाका लागि एकदमै फाइदाजनक हुन्छ ।

यसले छालालाई वातावरणमा भएका खराब कणबाट जोगाउने काम गर्छ । नियमित सनस्क्रीनको प्रयोग गर्दा छालामा चमक रहिरहन्छ । साथमा छाला स्वस्थ देखिन्छ र चाउरीपना दागधब्बा पनि आउँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved