सरकारी गाडी चढ्न डराए पर्यटनमन्त्री किराती, सुरक्षाकर्मी थपेर निजी गाडीमा सवारी

शुक्रबार मन्त्री ज्वालाको गाडीमा आगजनी हुनुभन्दा अघिदेखि नै मन्त्री किरातीको सरकारी गाडी भने सिंहदरबारको ग्यारेजमा थन्किरहेको छ । ‘इसाई धर्म नमान्नेलाई जेल हाल्ने’ धम्की दिएपछि विवादमा तानिएयता नै उनको सरकारी गाडी ग्यारेजमै थन्किएको हो ।

नेपालभ्युज

सरकारी गाडी चढ्न डराए पर्यटनमन्त्री किराती, सुरक्षाकर्मी थपेर निजी गाडीमा सवारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सरकारी गाडी प्रयोग गर्न छाडेका छन् । शुक्रबार ललितपुरको बालकुमारीमा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी भएपछि पर्यटनमन्त्री किरातीले पनि सरकारी गाडी चढ्न छाडेका हुन् ।

केही दिनअघि एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण व्यापक विवादमा आएका पर्यटनमन्त्री किरातीले अहिले सरक्षाकर्मी थपेर निजी गाडी प्रयोग गरिरहेका छन् ।

शुक्रबार मन्त्री ज्वालाको गाडीमा आगजनी हुनुभन्दा अघिदेखि नै मन्त्री किरातीको सरकारी गाडी भने सिंहदरबारको ग्यारेजमा थन्किरहेको छ । ‘इसाई धर्म नमान्नेलाई जेल हाल्ने’ धम्की दिएपछि विवादमा तानिएयता नै उनको सरकारी गाडी ग्यारेजमै थन्किएको हो ।

१० दिनअघि एउटा धार्मिक समूहको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री किरातीले इसाई धर्म र संविधानको चर्चा गर्दै बोलेको कुरालाई इङ्गित गरेर सामाजिक सञ्जालमा केही प्रयोगकर्ताहरूले आफूलाई ‘जेल हाल्न’ चुनौती दिएका थिए ।

‘क्रिश्चियन धर्मलाई मान्दिनँ भन्नेहरू संविधानविरोधी’ भएको र संविधान नमान्नेहरू ‘देशद्रोही’ भएको भन्दै उनीहरूलाई ‘जेल हाल्नुपर्ने’ अभिव्यक्तिपछि उनको चर्को आलोचना भइरहेको छ ।

त्यसपछि उनी सार्वजनिक रूपमा कमै देखिएका छन् । केही पूर्वनिधारित कार्यक्रममा उनी गएका छैनन्भ ने केही बोलाइएकै ठाउँमा उनलाई नआउन भनिएको छ । पर्यटनमन्त्री किराती जानैपर्ने केही कार्यक्रममा पनि निजी गाडी लिएर गइरहेका छन् ।

मन्त्री किराती आफ्नै अभिव्यक्तिका कारण सर्वत्र आलोचित, बर्खास्तीको माग !

आइतबार उनी २ वटा सार्वजनिक कार्यक्रममा देखिए । दुवै कार्यक्रममा किराती निजी गाडीमै पिएसओसहित गए । उनी नागरिक उड्डयन प्राधिकरणको २५ औँ वार्षिकोत्सव समारोहमा सिनामंंगलमा बिहान करिब ९ बजे पुगेका थिए ।

नेपाल पर्यटन बोर्डको २५ औँ वार्षिकोत्सव समारोहमा पनि उनी करिब २ बजे भृकृटीमन्डपमा निजी गाडीमै गए । चौतर्फी आलोचित भएपछि मन्त्री किरातीको सुरक्षामा केही प्रहरीहरू थप गरिएको छ ।

पर्यटन मन्त्रालयका एक अधिकारीले भने, ‘‘केही दिनयता मन्त्रीज्यू अफिसको सरकारी गाडी चढ्नुभएको छैन । मन्त्रालयको इन्धन प्रयोग गर्ने गरी उहाँले गाडी भने आफैँले म्यानेज गर्नुभएको छ ।’’

गृह मन्त्रालयका एक अधिकारी भन्छन्, ‘‘मन्त्रीज्यूको सुरक्षा संवेदनशीलतालाई ख्याल गरेर उहाँको सुरक्षामा केही प्रहरी थप गरिएको छ ।’’

सम्बन्धित समाचार

मन्त्री किरातीको पूरा भाषणमा के छ, जुन विवादित बन्यो ?

सँस्कृतिमन्त्री किरातीविरुद्ध हिन्दूको प्रदर्शन, गौशाला-बानेश्वर सडकमा यातायात प्रभावित (तस्वीरहरू)

मन्त्री किरातीको राजीनामा माग्दै भण्डारखालमा प्रदर्शन (तस्वीरहरू)

भीम रावलको प्रश्न, ‘मन्त्री सुदन किरातीका पुर्खा क्रिश्चियन थिए ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved