मन्त्री किरातीको राजीनामा माग्दै भण्डारखालमा प्रदर्शन (तस्वीरहरू)

संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीको अभिव्यक्तिविरुद्ध हिन्दु धार्मिक संघ-संस्थाहरुले भण्डारखालमा प्रदर्शन गरेका छन्।

मन्त्री किरातीको राजीनामा माग्दै भण्डारखालमा प्रदर्शन (तस्वीरहरू)

काठमाडाैं। संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीको अभिव्यक्तिविरुद्ध हिन्दु धार्मिक संघ-संस्थाहरुले भण्डारखालमा प्रदर्शन गरेका छन्।

सुदन किरातीको राजीनामा र उनले पशुपति क्षेत्र विकास कोषमा नियुक्ति गरेका गैरहिन्दूलाई तत्काल निकाल्न माग गर्दै प्रदर्शन गरिएको हो।

प्रहरीले उनीहरुलाई भण्डारखालबाट पशुपति क्षेत्र विकास कोषको अफिस जान रोक लगाएको छ।

बुधबार मन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्दै राजीनामा माग गरिएको हो ।

विरोध प्रदर्शनमा सहभागीहरुले गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराँती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर् लगायतका प्लेकार्ड बोकेर नाराजुलुस गरेका थिए ।

बुधबार मन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा क्रिश्चियन धर्मलाई स्वीकार नगर्ने सबै देशद्रोही भएको आरोप लगाउँदै क्रिश्चियन धर्म नस्वीकार्नेहरुलाई जेलमा राख्नुपर्ने अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिलाई लिएर अहिले मन्त्री किरातीको देशभर विरोध भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved