मन्त्री किराती आफ्नै अभिव्यक्तिका कारण सर्वत्र आलोचित, बर्खास्तीको माग !

राजधानीमा हिजो आयोजित क्रिश्चियन धर्मको एउटा कार्यक्रममा दिएको अभिव्यक्तिका कारण उनी विवादमा मुछिएका हुन् ।

नेपालभ्युज

मन्त्री किराती आफ्नै अभिव्यक्तिका कारण सर्वत्र आलोचित, बर्खास्तीको माग !

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँती आफ्नै उग्र भाषणका कारण आलोचित बनेका छन् । राजधानीमा हिजो आयोजित क्रिश्चियन धर्मको एउटा कार्यक्रममा दिएको अभिव्यक्तिका कारण उनी विवादमा मुछिएका हुन् ।

सहभागीले ताली बजाउदै उनको भाषणलाई समर्थन गर्न थालेपछि हौसिदै मन्त्री किरातीले क्रिश्चियनबाहेक अन्य धर्म मान्नेको उछितो काढेका थिए । भाषणका क्रममा उनले क्रिश्चियन नमान्नेलाई संविधान विरोधि र देशद्रोहीको संज्ञा दिएका थिए ।

मन्त्रीको पदमा रहेको बिर्सेर उनी कार्यक्रममा क्रिश्चियन धर्म प्रचारकका रूपमा प्रस्तुत भएको भन्दै आलोचना भएको छ । उनले क्रिश्चियनलाई अस्वीकार गर्नेहरु देशद्रोही र संविधान विरोधी हुन् भनेका थिए । सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक संजाल फेसबुकमा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता विथोल्ने मन्त्री किराँतीको अभिव्यक्तिप्रति खेद प्रकट गरेका छन् । उनले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै किरातीको अभिव्यक्तिको जवाफ माग गरेका छन्

त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने किराँतीलाई कारबाहीको माग गरेका छन् ।

एमाले नेता गोकुल बासकोटाले मन्त्री किराँतीप्रति ब्यङ्ग गर्दै अन्य धर्मावलम्वीलाई थुन्ने जेल कत्रो बन्ने ? भन्दै कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ता अधिकांशले किराँतीको अभिव्यक्ति गैर जिम्मेवार भएको भन्दै तत्काल राजिनामाको माग गरेका छन् ।


भाषणका क्रममा जिसस क्राइस्टसँग तुलना गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई किरातीले विद्रोही नेताका रुपमा अर्थ्याएका थिए । प्रधानमन्त्री प्रचण्डले समेत जिसस क्राइस्टलाई मान्ने किरातीले दाबी गरेका थिए ।

मन्त्री किरातीले संसारमा सबैभन्दा बढी क्रिस्चियन धर्म मान्नेहरू रहेको बताउँदै नेपालमा भने उनीहरूलाई खैनी माडेझै थिचोमिचो गरिएको आरोप लगाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved