वर्ष फेरिने दिन टुँडिखेलमा ‘तमु ल्होसार’को रौनक (तस्वीरहरू)

वर्ष फेरिने दिन टुँडिखेलमा ‘तमु ल्होसार’को रौनक (तस्वीरहरू)

काठमाडौं । गुरुङ समुदायले आज तमु ल्होसार मनाएका छन् । देशभरका गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गरेर ल्होसार पर्व मनाउँदै छन् ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।

गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा ल्होसारको रौनक विशेष हुने गर्छ ।

काठमाडौंको टुँडिखेलमा पनि गुरुङ समुदायले ल्होसार भव्यताका साथ मनाइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved