बालकुमारी घटनामा मारिएकाका परिवारलाई १०/१० लाख रुपैयाँ दिने सरकारको निर्णय

नेपालभ्युज

बालकुमारी घटनामा मारिएकाका परिवारलाई १०/१० लाख रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौं । सरकारले बालकुमारी घटनामा मृत्यु भएका दुई युवाको परिवारलाई जनही १०/१० लाख रुपैयाँ दिइने भएको छ । शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई राहतस्वरुप १०/१० लाख दिने निर्णय गरेको हो ।

सूचना तथा सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले बैठकमा मृतकका परिवारलाई राहत रकम उपलब्ध गराउने र घटनामा घाइते भएकाहरुको उपचार सरकारले गर्नै निर्णय भएको बताइन् ।

रोजगारी अनुमति प्रणाली (ईपीएस) को परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शन भएको थियो । सो प्रदर्शनमा दुई युवाको मृत्यु भएको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेका थिए ।

बालकुमारी घटनाबारे निर्णय गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्क आकस्मिक बैठक बोलाएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved