कांग्रेस बैठक आज पनि, मन्त्रीहरुले जवाफ दिने

नेपालभ्युज

कांग्रेस बैठक आज पनि, मन्त्रीहरुले जवाफ दिने

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । हिजोबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

सरकारको समीक्षा गर्न बोलाएको केन्द्रीय समिति बैठकमा नेताहरूले बोल्ने क्रम जारी छ ।

आज पनि नेताहरूले सरकारको मन्त्रीहरुको कार्यसम्पादनका विषयमा आफ्नो धारणा राख्नेछन् । हिजादेखि सुरु बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले आफूले गरेका कामको ब्रिफिङ गर्ने कार्यसूची राखिएको छ ।

हिजोको बैठकमा स्वास्थ्यमन्त्री मोहन बस्नेतबाहेक अन्यले ब्रिफिङ गर्न पाएनन् । मन्त्रिपरिषद्को बैठकका कारण सबै मन्त्री हिडेपछि आजबाट मन्त्रीहरुले नेताहरुसँग अन्र्तक्रिया गर्ने छन् । कांग्रेस भित्र सरकारको कामकारबाहीलाई लिएर आलोचना भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved