एनएसएल : काठमाडौंलाई हराउँदै ललितपुर क्वालिफायरमा

नेपालभ्युज

एनएसएल : काठमाडौंलाई हराउँदै ललितपुर क्वालिफायरमा

काठमाडौं । काठमाडौं रेजर्सलाई हराउँदै  ललितपुर सिटी नेपाल सुपर लिग (एनएसएल)को क्वालिफायरमा पुगेको छ ।

दशरथ रंगशालामा मंगलबार भएको खेलमा काठमाडौंलाई  ३-० ले हराउँदै ललितपुर क्वालिफायरमा पुगेको हो ।

इमोह इजेकेलले ३६ ‍औं मिनेटमा गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको खेल सकिन एक मिनेट अघि इबु केबेले गोल गर्दै अग्रता दोब्बर बनाए ।

अनन्त तामाङको हेड प्रहारलाई काठमाडौंका डिफेन्डर कुलदीप कार्कीले रोकेपनि गोल लाइनमा खसेको बलमा केबेले गोल गरे ।

५६ औं मिनेटमा इजिकेलले ब्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई शानदार जित दिलाए ।

७४ औं मिनेटमा काठमाडौं १० खेलाडीमा सिमित बनेको थियो । इबु केबेलाई रोक्ने क्रममा दोहोरो पहेलो कार्ड खादै काठमाडौंका कप्तान अन्जन राई बाहिरिएका थिए ।

फाइनल प्रवेशका लागि क्वालिफायरमा अब ललितपुरले पोखरा थन्डर्ससँग बिहीबार प्रतिस्पर्धा गर्ने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved