नेवार समुदायमा यो:मरी पुन्ही र ज्यापु दिवसको रौनक (तस्वीरहरू)

नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा (योःमरी पुन्ही) मनाइरहेका छन् । नेवार समुदायमा थिन्ला पुन्ही वा ‘योःमरी पुन्ही’ का रूपमा यो पर्व मनाउने गरिन्छ ।

नेवार समुदायमा यो:मरी पुन्ही र ज्यापु दिवसको रौनक (तस्वीरहरू)

काठमाडौं। नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा (योःमरी पुन्ही) मनाइरहेका छन् । नेवार समुदायमा थिन्ला पुन्ही वा ‘योःमरी पुन्ही’ का रूपमा यो पर्व मनाउने गरिन्छ ।

नेवार समुदायको महत्वपूर्ण चाडमध्येको एक यो चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ। योःमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ।

नेवार समुदायले धान राख्ने भकारी वा भण्डार कोठामा पूजा आराधना गरेर यो पर्व मनाउँछन्। हिजैबाट घर र शरीर दुवै शुद्ध गरी पकाइएको योःमरी लक्ष्मी, गणेश, कुमार, कुवेरलगायतका देवी देवतालाई चढाएर मात्र खाने चलन छ।

आजै नेवार समुदायमा ज्यापु दिवससमेत मनाइन्छ।

तस्वीरमा हेर्नुहोस्, योःमरी पुन्हीको अवसरमा काठमाडौंको वसन्तपुरमा देखिएको रौनक–


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved