को हुन् अरबाज खानकी नयाँ दुलही शौरा खान ?

नेपालभ्युज

को हुन् अरबाज खानकी नयाँ दुलही शौरा खान ?

एजेन्सी । बलिउड अभिनेता अरबाज खानले फेरि विवाह गरेका छन् । अभिनेताले आफ्नी बहिनी अर्पिता खान शर्माको घरमा गर्लफ्रेन्ड शौरा खानसँग इस्लाम परम्पराअनुसार विवाह गरेका हुन् ।

जसमा परिवारका सदस्य तथा केही नजिकका व्यक्ति मात्र समावेश थिए । सलमान खानका भाइ अरबाजको विवाहका तस्वीर सामाजिक सञ्जालमा भाइरल भएका छन् । उनीहरुले अहिलेसम्म उक्त सम्बन्ध लुकाएर राखेका थिए ।

अरबाजले ६ वर्ष अघि पहिलो श्रीमती मलाइका अरोडासँग सम्बन्धविच्छेद गरेका थिए । त्यसपछि उनी जार्जिया एन्ड्रियानीसँग सम्बन्धमा रहेको चर्चा थियो । उनीहरुको त्यो सम्बन्ध लामो समय टिक्न सकेन । जार्जियासँगको ब्रेकअपपछि ५६ वर्षीय अभिनेताले शौरासँग डेट गरिरहेका थिए । जसको बारेमा कसैलाई खबर थिएन ।

शौरा के गर्छिन्, कति वर्षकी हुन् जस्ता प्रश्न अहिले धेरैको मनमा उठेको छ । शौरा खान व्यावसायिक रुपमा एउटी सेलिब्रेटी मेकअप आर्टिस्ट हुन् र उनले धेरै ठूला कलाकारसँग काम गरेकी छन् । तर, सामाजिक संजालमा भने उनको उपस्थिति खासै देखिँदैन ।

बलिउडका दिग्गज कलाकारलाई सुन्दर बनाउन शौराले निकै काम गरेकी छन् । शौराले रवीना टन्डन र उनकी छोरी राशा थडानी जस्ता कलाकारसँग पनि काम गरेकी छन् । रवीना टन्डन उनीसँग एकदमै नजिक छन् ।

अरबाज र शौराको प्रेम कथा ‘पटना शुक्ला’ को सेटबाट सरु भएको थियो । पहिलोपटक शौरालाई उक्त सेटमा भेटेका अरबाजले उनलाई मन पराउन थालेका थिए । उनीहरुले लामो समय डेट नगरी सिधै विवाहको निर्णय गरेका थिए ।

पटना शुक्लाको निर्माण अरबाज खानले गरिरहेका छन् । यसरी उनले आफूभन्दा १५ वर्ष सानी युवतीसँग विवाह गरेर बलिउडको बजार तताइरहेका छन् ।

विवाहमा उनका पहिलो श्रीमतीतिरका छोरा अरहान पनि उपस्थित भएका थिए । साथमा सुपरस्टार दाई सलमान खानले पनि जमेर नाँचगान गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved