तीन कक्षा सम्म पढाउने विद्यालयमा जम्मा तीन विद्यार्थी

पढाउने कार्यालय सहयोगी

नेपालभ्युज

तीन कक्षा सम्म पढाउने विद्यालयमा जम्मा तीन विद्यार्थी
फाइल तस्वीर

काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–४, नाउरा स्थित रणज्योति आधारभूत विद्यालयमा ३ कक्षासम्म पढाइ हुन्छ । दुर्गम गाँउका बालबालिकाका लागि खोलिएको विद्यालयमा विद्यार्थी भने तीन जनामात्रै ।

नाउरा गाउँका २० घरधुरीका तीन बालबालिका नियमित विद्यालय जाने गरेका छन् । कक्षा १ मा पाँच वर्षीय एरिक घर्तीमगर, कक्षा २ मा सात वर्षीय एरिका घर्तीमगर र बालविकासमा युवान गर्बुजा नियमित विद्यालय जाने गरेका छन् ।

एरिक र एरिका दिदीभाइ हुन् । उनीहरुलाई पढाउने जिम्मा भने कार्यालय सहयोगी रेबिका घर्तिमगरलाई दिइएको छ । कार्यालय सहयोगी रेबिकाको भूमिका पियनहुँदै, शिक्षक र प्रधानाध्यापकसम्मको बनेको समाचार आजको गोरखापत्रमा छ । उनी १२ कक्षा उत्तीर्ण हुन् ।

रेबिकाले सबैलाई एउटै कोठामा राखेर पढाउने गरेकी छन् । विद्यालयबाट तीन कक्षा उत्तीर्ण गरेपछि बालबालिकालाई एक घण्टा पैदलदुरीमा रहेको चन्द्रज्योति मावि जानु पर्ने बाध्यता छ । गत वर्ष ६ जनाले तीन कक्षा उत्तीर्ण गरेका थिए ।

“सानो गाउँ, जनसंख्या पनि कम”, वडा सदस्य रिम रोकाले भने, “अर्को विद्यालयमा जान पनि एक घण्टा टाढा जङ्गलको बाटो हिँड्नुपर्ने भएकाले गाउँवासीको माग अनुसार कक्षा ३ सम्म भए पनि विद्यालय सञ्चालन हुँदै आएको छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved