सर्वोच्चका ६ न्यायाधीशको शपथ ग्रहण आज

सर्वोच्चमा अब २० न्यायाधीश, अझै एक रिक्त

नेपालभ्युज

सर्वोच्चका ६ न्यायाधीशको शपथ ग्रहण आज

काठमाडौं । सर्वोच्च अदालतमा नियुक्त भएका ६ जना न्यायाधीशले आज पद तथा गोपनियताको सपथ  लिदै छन्  । राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका सर्वोच्चका जना न्यायाधीशले सामूहिक सपथ ग्रहण गर्न लागेका हुन् ।

उनीहरुलाई दिउँसो २ बजे शितल निवासमा राष्ट्रपति पौडेलले शपथग्रहण गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै बुधबार नै राष्ट्रपति पौडेलले सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेक प्रसाद ढुंगाना, सुनील कुमार पोखरेल र बालकृष्ण ढकाललाई नियुक्त गरेका थिए ।

राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ गराएसँगै सर्वोच्च पुगेर न्यायाधीशहरुले आफ्नो कार्यभार सम्हाल्ने छन् । ६ जना न्यायाधीश थपिएसँगै सर्वोच्चमा अब २० न्यायाधीश हुनेछन् ।

सर्वोच्चमा अझै एक न्यायाधीशको पद रिक्त रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved