एनएसएल

सेमिफाइनलमा पुग्ने पहिलो टोली बन्यो पोखरा, बुटवल–लुम्बिनी पराजित

नेपालभ्युज

सेमिफाइनलमा पुग्ने पहिलो टोली बन्यो पोखरा, बुटवल–लुम्बिनी पराजित

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबलमा भएको खेलमा पोखरा थन्डर्स एफसीले बुटवल–लुम्बिनी एफसीलाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा पोखराले बुटवल–लुम्बिनीलाई १–० गोलअन्तरले पराजित गरेको हो।

पोखराको लागि मोसेस ग्याबा त्वुमले गोल गरे। उनले खेलको इन्ज्यूरी समयमा गरेको गोल नै निर्णायक बन्न पुग्यो।

यससँगै पोखराले अन्तिम ४ मा आफ्नो स्थान सुरक्षित गरेको छ। ७ खेलबाट १४ अंक जोडेको पोखरा अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।

६ खेलमा १२ अंक जोडेको धनगढी एफसी भने दोस्रो स्थानमा झरेको छ। ७ खेलबाट ७ अंक जोडेको बुटवल–लुम्बिनी सातौं स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved