घट्यो सुनचाँदीको मूल्य 

नेपालभ्युज

घट्यो सुनचाँदीको मूल्य 

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य १ हजार ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ८ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार १ हजार ४ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले  घटेर १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved