पल शाहविरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न अनुमति

नेपालभ्युज

पल शाहविरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न अनुमति

काठमाडौं । सर्वोच्च अदालतले अभिनेता पल शाहविरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न अनुमति दिएको छ । उच्च अदालतले सफाइ दिएको उनीविरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न अनुमति दिइएको हो

न्याधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालकोे संयुक्त इजलासले उक्त मुद्दा दोहो¥याएर हेर्न अनुमति दिएको हो ।

उच्च अदालत पोखराले प्रमाणहरूको समुचित मूल्यांकन नगरी फैसला गरेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले फैसला दोहोर्याएर हेर्न पाउँ भनि निवदेन दिएको थियो । सोही निवदेनको सुनुवाइ गर्दै सर्वोच्चले अनुमति प्रदान गरेको हो ।

आदेशमा भनिएको छ–‘यसमा पीडित नावालक रहेको देखिएकोले पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादी बीचको अडियो रेकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानको स।ज।११ मा गरेको स्वीकारोक्ती समेतका प्रमाणको समुचित मूल्यांकन नगरी भएको उच्च अदालत पोखराको फैसलामा प्रमाण ऐन तथा मुलुकी अपराध संहिताको व्याख्यात्मक त्रुटी र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकुल भएकाले प्रस्तुत मुद्दा दोहोर्‍याइ हेर्ने अनुमति प्रदान गरिएको छ ।’

उच्च अदालतबाट पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादीबीचको अडियो रेकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानमा रहेको स्वीकारोक्तिलगायतका प्रमाणको समुचित मूल्यांकन नभएको सर्वोच्चको भनाइ छ ।

शाहलाई बाल यौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला अदालतले गरेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved