मोटरसाइकल दुर्घटना हुँदा धनुषामा २ को मृत्यु, एक गम्भीर

नेपालभ्युज

काठमाडौं । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लक्ष्मीनियाँ, सपही नजिकै भएको दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन् । दुवैजनाको उपचारका क्रममा शनिवार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

विदेह नगरपालिका १ का ३० वर्षीय जयकुमार सहनी र कमला नगरपालिका ८ का २५ वर्षीय भरत सहनीको मृत्यु भएको धनुषाका प्रहरीले जनाएको छ । मोटरसाइकलमै सवार जनकपुरधाम उपमहानगरपालिका १२ का शत्रुधन सहनी गम्भीर घाइते हुन् ।

उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । शुक्रवार बिहान जनकपुरधामबाट ढल्केबर तर्फ जाँदै गरेको मोटरसाइकल तिब्र गतिका कारण अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved