शेखर भन्छन्- वार्ताको माध्यमबाट समस्याको निकास खोजिनुपर्छ

नेपालभ्युज

शेखर भन्छन्- वार्ताको माध्यमबाट समस्याको निकास खोजिनुपर्छ

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सङ्घीय सांसद डा शेखर कोइरालाले पहिचानवादीले उठाएको प्रदेश नं १ पुनः नामकरण मुद्दाको समाधान छलफलबाट हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले ‘नेकांको पहिचान पनि भेटिने द्वन्द्व पनि मेटिने’ नारालाई साकार गर्न वार्ता एवं छलफलबाट निकास निस्कने बताए।

उनले ढुङ्गामुढा गरेर समस्या समाधान नहुने भन्दै आफ्नो पार्टीले कोशी प्रदेशमा अन्य पार्टीलाई मुख्यमन्त्री बनाउन खोजेपछि विद्रोह गरिएको दाबी गरे । केन्द्रीय सदस्य कोइरालाले सुशासन प्रवर्द्धनमा जोड दिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved