नागरिक उन्मुक्तिले माग्यो राष्ट्रियसभामा १ सिट

नेपालभ्युज

नागरिक उन्मुक्तिले माग्यो राष्ट्रियसभामा १ सिट
फाइल तस्वीर

काठमाडौं । सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले राष्ट्रियसभामा १ सिट माग गरेको छ ।

पार्टीका संरक्षक रेशमलाल चौधरी र भूमि व्यवस्था तथा सहकारीमन्त्रीसमेत रहेकी पार्टीका अध्यक्ष रञ्जिता चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेरै राष्ट्रियसभामा १ सिट मागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले यसअघि नै गठबन्धनका शीर्षस्थ नेताहरूसँग छलफल गरिसकेका छन् । उक्त छलफलअनुसार नागरिक उन्मुक्तिलगायतका साना दलहरूलाई सिट छुटाइएको छैन ।

माघ ११ गते राष्ट्रियसभाको १९ सिटका लागि निर्वाचन हुँदैछ । त्यसमा कांग्रेसले मनोनीतसहित १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले ३ र जनता समाजवादीले १ सिट लिने गठबन्धनका ठूला दलका नेताहरूले बताउने गरेका छन् ।

यसपछि रञ्जिता र रेशमलाल प्रधानमन्त्री सरकारी निवास बालुवाटार नै पुगेर १ सिट मागेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved