एनएसएल : ईलामलाई हराउदै वीरगंजको पहिलो जित

नेपालभ्युज

एनएसएल : ईलामलाई हराउदै वीरगंजको पहिलो जित

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) मा वीरगंज यूनाईटेड एफसीले पहिलो जित हासिल गरेको छ।

त्रिपुेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको तनावपूर्ण खेलमा वीरगंजले स्पोर्टिङ इलामलाई २–१ गोलअन्तरले पराजित गरेको हो। वीरगंजको लागि विसोन गुरुङ र विलियम ओपुकु अस्यूदुले गोल गरे। इलामको लागि भने आशिष चापागाईले गोल गरे।

खेलको १५ औँ मिनेटमा आशिषले गोल गर्दै इलामलाई अग्रता दिलाए। ३३ औँ मिनेटमा विसोनले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए। इन्ज्यूरी समयमा विलियमले पेनाल्टीमा वीरगंजको लागि दोस्रो गोल गरे।

निर्धारित समयको समाप्ती पछि इलामका आक्रोशित गोलरक्षक विकेश कुथुलाई रेफ्रीले रेड कार्ड दिए।

यससँगै वीरगंज ५ अंकसहित अंकतालिकाको ८ औँ स्थानमा उक्लिएको छ। इलाम भने अंकतालिकाको पुछार झरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved