कांग्रेस संस्थापनइतर बैठक

समूह एकढिक्का भएको सन्देश, शेखरलाई संसदीय दलको नेता बनाउन पहल गर्ने

नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आफूहरु एकढिक्का भएको सन्देश दिएको छ ।

नेपालभ्युज

समूह एकढिक्का भएको सन्देश, शेखरलाई संसदीय दलको नेता बनाउन पहल गर्ने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आफूहरु एकढिक्का भएको सन्देश दिएको छ । यसअघि नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच चिसिएको भनिएको सम्बन्धलाई अहिलेको बैठकले तताएको छ । र, समूहका अन्य नेताहरुले पनि एजेण्डामा आफूहरु एकजुट रहेको बताएका छन् ।

बत्तीसपुतलीस्थित अनुपम फूडल्याण्डमा बसेको बैठकपछि नेता कोइरालाले नै आफ्नो समूह ठीक ढंगले चलेको दाबी गरेका छन् । उनले महामन्त्री थापासँग पनि कुनै फरक मत नभएको प्रस्ट पारे । बैठकपछि महामन्त्री थापाले पनि आफूहरुबीच एजेण्डागत रुपमा कुनै समस्या नभएको बताए ।

कोशीमा शेखरले एकलौटी रूपमा विद्रोह गरेर एमालेसँग मिलेर सरकार बनाएपछि गगनसँग दूरी बढेको थियो । उनीहरुबीच बढेको दुरीलाई अहिलेको बैठक नजिक बनाएको छ ।

यतिसम्म कि महामन्त्री थापाले पार्टीमा संसदीय दलको नेता परिवर्तन गर्न प्रयास गर्नुपर्नेसमेत बताएका छन् ।

थापाले १४ औं महाधिवेशनबाट बनेको शेखर–गगन समूह एकताबद्ध हुन नसकेकामा असन्तुष्टि जनाए ।

त्यस्तै बैठकले चुनावमा हारेका र समानुपातिक सूचीमा बसेकाहरूलाई राष्ट्रियसभामा लान नहुने निष्कर्ष पनि निकालेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved