झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्ब ९० करोड

नेपालभ्युज

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्ब ९० करोड
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको चौथो दिन आज नेप्से झिनो अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक २ दशमलव ६० अंकले बढेर १९८८ दशमलव ०८ विन्दुमा पुगेको छ ।

बुधबार २९२ कम्पनीको ८१ हजार ४ सय ५१ पटकको कारोबारमा १२ लाख ९५ हजार ५ सय ३९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार ५ सय ७० रहेको छ ।

त्यस्तै, आज ‘क’ वर्षको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ९३ अंकले बढेर ३७५ दशमलव ३० विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved