छिमेक लघुवित्तको लाभांश घोषणा, सेयर धनीलाई ४२ करोड ५३ लाख दिने 

नेपालभ्युज

छिमेक लघुवित्तको लाभांश घोषणा, सेयर धनीलाई ४२ करोड ५३ लाख दिने 

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश आफ्ना सेयर धनीहरूलाई दिने प्रस्ताव गरेको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई कम्पनीको कुल सम्पत्तिको १५ प्रतिशत रकम दिने प्रस्ताव गरेको हो ।

कम्पनीको हालसम्मको कायम चुक्ता पुँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँ रहेको छ । जसको १५ प्रतिशत भनेको लगभग ४२ करोड ५३ लाख १० हजार ३०० रुपैयाँ बराबर हुन आउँछ । सोही रकम कम्पनीले आफ्ना सेयर धनीहरूलाई दिने भएको हो ।

जसमा ५ प्रतिशत९१४ करोड १७ लाख ७० हजार १०० रुपैयाँ० बोनस शेयर र १० प्रतिशत९२८ करोड ३५ लाख ४० हजार २०० रुपैयाँ०नगद लाभांश (करसहित) रहेका छन् ।

उक्त प्रस्तावित बोनस सेयर तथा नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् मात्र वितरण गरिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved