आरती साह मृत्यु प्रकरण : मोतीबाबु साहलाई थुनामा पठाउन आदेश

नेपालभ्युज

आरती साह मृत्यु प्रकरण : मोतीबाबु साहलाई थुनामा पठाउन आदेश
फाइल फाेटाे

काठमाडौं  । सर्वोच्च अदालतले आरती साह मृत्यु प्रकरणमा आरतीका श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले बुधबार  साहलाई थुनामा पठाउने आदेश दिएको हो ।

आरती गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका-९ थापाचोकमा मृत अवस्थामा फेला परेकी थिइन् ।

आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीका श्रीमान् मोतीबाबु साह र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरेको थियो ।

उनीहरुविरुद्ध  १ असारमा जिल्ला अदालत धनुषामा ज्यानसम्बन्धी मुद्दा दायर भएकोमा  थुनछेक बहसपछि ५ असारमा जिल्ला अदालतले आरतीका पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

तर उच्च अदालत जनकपुरधामले उनिहरुलाई  रिहा गर्ने आदेश दिएको थियो ।

उच्च अदालतको सोही आदेशविरुद्ध जिल्ला सरकारी वकिल कार्यलयले गरेको पुनरावेदन निवेदनमा सर्वोच्च अदालतले बुधबार सुनुवाइ गर्दै ससुरा मदनमोहन ब्याहुत सुडीलाई रिहा गर्ने र  श्रीमान मोतीबाबुलाई भने थुनामा पठाउने आदेश दिएको हो  ।

आरती र मोतीबाबुबीच २९ असार २०७७ मा विवाह भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved