सुनको मूल्य घट्ने क्रम जारी, कतिमा हुँदैछ कारोबार ? 

नेपालभ्युज

सुनको मूल्य घट्ने क्रम जारी, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ ८ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा ८ सयले घटेर छापावाल सुनको मूल्य १ लाख १८ हजार ४ सय रुपैयाँ कायम भएको छ भने तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो मंगलबार पनि तोलामा २ हजार ४ सयले घटेर १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अस्ति सोमबार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलामा ४५ ले घटेर १ हजार ५ सयमा झरेको चाँदी आज २० रुपैयाँले घटेर १ हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved