रास्वपाका नयाँ केन्द्रीय सदस्यको शपथ दिउँसो, साँझ सचिवालयको बैठक

नेपालभ्युज

रास्वपाका नयाँ केन्द्रीय सदस्यको शपथ दिउँसो, साँझ सचिवालयको बैठक

काठमाडौं । राष्ट्रिय स्वातन्त्र पार्टी (रास्वपा)का १४ मनोनीति केन्द्रीय सदस्यले आज दिउँसो शपथ लिने भएका छन् ।

केही दिनअघि महोत्तरीको जलेश्वरमा सम्पन्न केन्द्रीय समिति बैठकबाट मनोनीति उनीहरुले दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा शपथ लिने कार्यक्रम तय भएको पार्टी उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिएका छन् ।

जलेश्वर बैठकले पार्टीका सम्पूर्ण सांसदलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।

अर्यालका अनुसार आजै साँझ पाँच बजे पार्टीको सचिवालय बैठक पनि डाकिएको छ । बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने जनाइएको छ ।

जलेश्वर बैठकले नेताको जिम्मेवारी बाँडफाँट गरेसँगै रास्वपामा असन्तुष्टि बढेको चर्चा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved