भीरबाट बस खस्दा फिलिपिन्समा २९ जनाको मृत्यु

नेपालभ्युज

भीरबाट बस खस्दा फिलिपिन्समा २९ जनाको मृत्यु

काठमाडौंं । फिलिपिन्समा बस भीरबाट खस्दा २९ जनाको मृत्यु भएको छ । फिलिपिन्सको एन्टिक प्रान्तमा एउटा यात्रुवाहक बस भीरबाट खस्दा कम्तीमा २९ जनाको मृत्यु भएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।

५३ यात्रु बोकेको बस इलोइलो सहरबाट पश्चिमतर्फ एन्टिकको सान जोसे डे बुएनाभिस्टातर्फ जाँदै गर्दा १५ मिटर तल खसेको थियो । २५ जनाको घटनास्थलमै र चारजनाको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मलायामेलले जनाएको छ ।

बस चालक र सहचालक समेतको दुर्घटनामा मृत्यु भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved