प्रधानमन्त्री प्रचण्ड सहभागी कार्यक्रममा पत्रकारलाई प्रवेश निषेध

प्रधानमन्त्री प्रचण्ड सहभागी कार्यक्रममा पत्रकारलाई प्रवेश निषेध

जनकपुर । महोत्तरीको गौशालामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा सञ्चारकर्मीलाई निषेध गरिएको छ ।

मंगलबार नेकपा माओवादी केन्द्रले गौशालामा आयोजना गरेको ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियानको कार्यक्रममा पत्रकारलाई समाचार संकलनमा रोक लगाएको हो ।

कार्यक्रम हलमा प्रवेश गरिसकेका पत्रकारहरुलाई सञ्चालकको भूमिकामा रहेका माओवादी नेता विश्वनाथ साहले बाहिर निस्कन आग्रह गरेका थिए । ‘फोटो खिचिहाल्नु भयो । अब सबै पत्रकार बाहिर जानुस्,’ कार्यक्रम सुरु हुनुअघि नेता साहले माइकमा बोल्दै भने ।

प्रधानमन्त्री सहभागी कार्यक्रमको समाचार संकलनमा रोक लगाएको भन्दै पत्रकारले आपत्ति जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved