मंगलबार सुन तोलामा २४ सयले घट्यो  

नेपालभ्युज

मंगलबार सुन तोलामा २४ सयले घट्यो  

काठमाडौं । नेपाली बजारमा आज सुन तोलामा २ हजार ४ सय रुपैयाँले घटेको छ । हिजो सोमबारको तुलनामा आज सुन २ हजार ४ सयले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार २ सयमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेर प्रतितोला १ हजार ५ सय रुपैयाँ कायम भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved