नरगिसले खुलाइन रणवीर र शाहिदसँगको पुरानो सम्बन्ध

नेपालभ्युज

नरगिसले खुलाइन रणवीर र शाहिदसँगको पुरानो सम्बन्ध

एजेन्सी । बलिउड अभिनेत्री नरगिस फाखरीले हालै मात्र रणवीर कपूर र शाहिद कपूरसँग सम्बन्धको विषयमा खुलेर कुरा गरेकी छन् । नरगिस बलिउडकी चलेकी अभिनेत्रीमा पर्छिन् ।

उनले सन् २०११ मा फिल्म ‘रकस्टार’ बाट बलिउड डेब्यू गरेकी थिइन् । यस फिल्मका क्रममा नरगिस र रणवीर कपूरको सम्बन्ध पनि एकदमै चर्चामा आएको थियो । त्यतिबेला उनीहरुले डेट गरिरहेको चर्चा थियो ।

नरगिसले यस विषयलाई लिएर भनेकी छन्, त्यतिबेला उनको नाम हरेक को–स्टार जोसँग उनले काम गरिरहेकी हुन्थिन् उसैसँग जोडिने गर्थ्यो । यसरी नै उनको नाम शाहिद कपूरसँग पनि जोडिएको थियो ।

नरगिस लामो समयसम्म उदय चोपडासँग पनि सम्बन्धमा बसेकी थिइन् । उदयसँग पाँच वर्षसम्म डेट गरेपछि उनीहरुको ब्रेकअप भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved