आजको मौसम : केही स्थानमा वर्षा, हिमपात पनि जारी

नेपालभ्युज

आजको मौसम : केही स्थानमा वर्षा, हिमपात पनि जारी

काठमाडौं । मुलुकका अधिकांश स्थानमा आज आंशिक बदली भएको छ । न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभावका कारण मुलुकभरको मौसम बदली भएको हो ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भू–भागमा समान्य बदलीहुँदा ति भेगमा छिटपुट वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा पनि छिटपुट वर्षा भइरहेको छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आज राति देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा वर्षाको सम्भावना छ भने हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved