इजरायलको आक्रमणबाट १ सय ७८ जनाको मृत्यु

युद्धविरामको प्रयास असफल

नेपालभ्युज

इजरायलको आक्रमणबाट १ सय ७८ जनाको मृत्यु

काठमाडौं । सात दिने युद्धविराम सकिएसँगै इजरायलले सुरु गरेको आक्रमणमा कम्तिमा १ सय ७८ जना सर्वसाधारण मृत्यु भएको छ ।

इजरायली सेनाले आतंककारी समूहलाई लक्षित गरेर आक्रमण गरेको जनाएको छ । इजरायलले दक्षिणी गाजाका सर्वसाधारणलाई इजिप्टको सिमाना नजिकै रहेको रफाह तर्फ गएर सुरक्षित हुन आग्रह गरेको छ । इजरायलका केही भागहरूमा साइरन पनि सुनिएको छ ।

गाजाबाट प्रहार गरिएका रकेटलाई इजरायली सेनाले निस्तेज पारेको बीबीसीले जनाएको छ ।

हमासले युद्ध विरामको सम्झौता पालना नगरेको भन्दै म्याद थपका लागि इजरायले असहमति जनाएको हो । यो सँगै कतारमा युद्धविराम लम्ब्याउने उद्देश्यले भएको वार्ता पनि निष्फल भएको छ ।

गत अक्टोबर पहिलो साताबाट हमासले सुरु गरेको युद्धमा अहिलेसम्म दुवै तर्फ गरि १५ हजारको मृत्यु भइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved