सबैभन्दा धेरै कमाई गरेका सलमान खानका यी फिल्म

नेपालभ्युज

सबैभन्दा धेरै कमाई गरेका सलमान खानका यी फिल्म

एजेन्सी । के तपाईंलाई सलमान खानका सबैभन्दा धेरै कमाई गरेका फिल्म बारेमा थाहा छ ? यदि छैन भने आज हामी बताउनेछौं ।

सलमान खानको एक सय करोड बजेटमा बनेको फिल्म ‘बजरंगी भाइजान’ ले संसारभरमा नौ सय २१ करोड भारतीय रुपैयाँ संकलन गरेको थियो । त्यस्तै एक सय दश करोड बजेटमा बनेको फिल्म सुल्तानले संसारभर छ सय ९ करोड कमाएको थियो ।

यस्तै पाँच सय करोडभन्दा माथिको कमाई गर्ने फिल्ममा ‘टाइगर जिन्दा है’ पनि पर्दछ । यसले कुल पाँच सय ६२ करोड संकलन गरेको थियो । त्यसैगरी एक सय ७० करोड लागतमा बनेको फिल्म ‘प्रेम रतन धन पायो’ ले संसारभर ४०२ करोड कमाएको थियो ।

त्यस्तै सलमानको फिल्म किकको बजेट थियो एक सय १५ करोड र कुल कमाई थियो ३८४ करोड थियो । सलमानको फिल्म एक था टाइगर ७५ करोडमा बनेको थियो भने यसले संसारभरबाट ३२८ करोड कमाएको थियो ।

त्यस्तै १६६ करोड भारतीय रुपैयाँमा बनेको फिल्म भारतले जम्मा ३२२ करोड संकलन गरेको थियो । त्यस्तै उनको सुपरहिट फिल्म दबंग ८५ करोडमा बनेको थियो भने यसको कुल कमाई २५३ करोड रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved