घाइते अवस्थामा शुट गरेकी थिइन एश्वर्याले यो सुपरहिट गीत

नेपालभ्युज

घाइते अवस्थामा शुट गरेकी थिइन एश्वर्याले यो सुपरहिट गीत

एजेन्सी । विश्व सुन्दरी तथा अभिनेत्री ऐश्वर्या रायले बलिउडमा ‘और प्यार हो गया’ फिल्मबाट डेब्यू गरेकी थिइन् । आफ्नो करिअरमा उनले थुप्रै सुपरहिट फिल्ममा काम गरिन् ।

फिल्म ‘हम दिल दे चुके सनम’ मा नन्दिनीको भूमिका निर्वाह गरेर उनी स्टार बनिन् । आफ्नो यस भूमिकाका लागि उनले एकदमै कडा मेहनत पनि गरेकी थिइन् । फिल्मको एक गीत ‘नींबुडा’ को शुटिंगका क्रममा उनी घाइते भएकी थिइन् ।

गीतमा नृत्य गरिरहेको अवस्थामा झुमरसँग ठोक्किएर उनको खुट्टामा चोट लागेको थियो । अभिनेत्रीले चोट लागेपछि पनि उक्त गीतको शुटिंग रोकिनन् । जसले उनले मेहनत गरेअनुसार फिल्मसँगै गीत पनि सुपरहिट भएको थियो ।

त्यसो त उनी यस फिल्मका लागि निर्देशकको पहिलो रोजाई भने थिइनन् । यस फिल्मदेखि नै उनी सलमान खानसँग नजिकिएकी थिइन् । पछि गएर उनीहरुको प्रेम सफल हुन सकेन । फिल्म भने सुपरहिट भयो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved