नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी नछुट्ने, छोरा सन्दीप रिहा

नेपालभ्युज

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी नछुट्ने, छोरा सन्दीप रिहा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी नछुट्ने भएका छन् । तर, उनका छोरा सन्दीप भने धरौटीमा रिहा हुने भएका छन् ।

टोपबहादुरलाई उच्च अदालत पाटनले छाड्न अस्वीकार गरेको हो । बुबालाई थुनामै राख्न आदेश दिएको अदालतले छोरा सन्दीपलाई भने छाड्ने आदेश दिएको हो ।

सन्दीपलाई ३० लाख धरौटीमा छाड्न आदेश दिइएको छ । शुक्रबार थुनछेकविरुद्धको पुनरावेदनउपर सुनुवाइ गरिएको थियो ।

पाटन उच्च अदालतका न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले केहीलाई थुनामै राख्ने र  केहीलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।

रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरिएको छ । अन्य भने थुनामै रहनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved