जाजरकोटमा चिसोका कारण बालिकाको मृत्यु

नेपालभ्युज

जाजरकोटमा चिसोका कारण बालिकाको मृत्यु
सांकेतिक तस्वीर।

सुर्खेत । जाजरकोटको कुशे गाउँपालिकामा चिसोबाट एक बालिकाको मृत्यु भएको छ ।

कुशे–१ स्याँक्रीकी सुनील वादीकी तीन वर्षीया छोरी रक्षा वादीको चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो ।

चिसोका कारण उनलाई निमोनिया भएको थियो ।

निमोनियाले सिकिस्त बनेपछि उपचारका लागि छेडागाड नगरपालिकास्थित मटेलामा रहेको मेडिकलमा लैजाने क्रममा रक्षाको मृत्यु भएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved