अदालतले कमेडियन अपूर्व क्षितिजलाई १० हजार जरिवाना तिरायो

नेपालभ्युज

अदालतले कमेडियन अपूर्व क्षितिजलाई १० हजार जरिवाना तिरायो

काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई काठमाडौं जिल्ला अदालतले १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

न्यायाधीश कपिलमणि गौतमको इजलासले सार्वजनिक शान्ति विरुद्ध र जातीय भेदभाव तथा छुवाछुत सम्वन्धी र सामाजिक रितिस्थितिमा खलल सम्वन्धी कसुरमा आंशिक दोषी ठहर गर्दै १० हजार रुपैयाँ जरिवाना गरेको हो ।

युट्युबमा ‘कमेडी सर्कल’ नामको शोमा अपूर्वले एक समुदायलाई होच्याउने गरी अभिव्यक्ति दिएको भन्दै उजुरी परेको थियो । त्यसपछि २०७९ असोजमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

तर अदालतको आदेशमा २ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर उनी मुक्त भएका थिए । तर, उनीविरुद्ध छुट्टाछुट्टै चारवटा मुद्दा परेका थिए ।

यो पनि पढ्नुहोस :

कमेडियन अपूर्व क्षितिजविरुद्ध अदालतमा ४ वटा मुद्दा दर्ता


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved